www.tandavnews.com
Fact ~ In search of truth

रिटमा २३ सांसदको हस्ताक्षर, योगेश र गोकर्णले गरेनन्

काठमाडौं
ताण्डव न्यूज ।

ओली सरकारको विरोधमा उत्रिएका एमालेको माधव झलनाथ खनाल पक्षका २३ सांसदले काँग्रेस सभापती शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउनका लागि संकलन गरिएको हस्ताक्षरमा २३ जनाको नाम समावेश भएको छ । यद्यपी माधव खेमाका ममनिएका यूवा नेताहरु योगेश भट्टराई र गोकर्ण विष्टले भने हस्ताक्षर गरेका छैनन ।

Batas

काँग्रेस माओबादी, जसपा लगायतका सांसदहरुले प्रधानमन्त्रीमा देउवालाई प्रस्ताव गरेका छन् । उनीहरुको समूहमा सत्ताधारी दल एमालेका नेताहरुले पनि सघाएका हुन ।

यसरी हस्ताक्षर गर्ने सांसदहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भिम रावल, घनश्याम भुषाल, विरोध खतिवडा, रहेका छन् । त्यसैगरी जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव,ले पनि हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्नेमा कल्याणी खड्का, लक्ष्मी चौधरी, पवित्रा निरौला, कलिला खातुन, रामकुमारी झाँक्री, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, र नारायण खतिवडा छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.