www.tandavnews.com
Fact ~ In search of truth

ओखलढुंगामा कोरोना संक्रमणबाट पहिलोपटक मृत्यु

ओखलढुंगा ।

कोरोना संक्रमणबाट ओखलढुंगामा एक महिलाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया एक महिलाको मृत्यु भएको हो । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् ।

यही जेठ ७ गते कोरोना पुष्टि भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचाररत महिलाको आज निधन भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए।

Batas

जिल्लाबाट बाहिर गएर बसेकाको यसअघि पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको भए पनि जिल्लामा रहेका सङ्क्रमितको यसअघि मृत्यु भएको थिएन ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.