www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा कोरोनामुक्त हुनेको ग्राफ बढ्दै

आज निको हुनेको संख्या संक्रमित भन्दा ९१ जनाले मात्र कम

पोखरा

ताण्डव न्यूज ।

पछिल्लो समय गण्डकीमा कोरोनामुक्त हुनेको ग्राफ बढीरहेको छ । आज ६ सय ५३ जना निको भएका छन् । यो संक्रमित पुष्टि हुनेको संख्या भन्दा ९१ जनाले मात्र कम हो । प्रदेशमा संक्रमणलाई जित्नेको संख्या २४ हजार ४ सय २० पुगेको छ ।

प्रदेशमा आज ७४४ संक्रमित थपिएका छन् । २४ घण्टामा १ हजार ७ सय ३४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो सहित प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या हाल ३५ हजार ३ सय २६ रहेको छ । आज कास्कीका २६३, नवलपरासीका १३३ तनहुँका १०४, स्याङ्जा ८८, पर्वतका ५९,म्याग्दीका ३८,बागलुङका २१,लमजुङका २३, गोरखाका ११,मुस्ताङका २ र मनाङका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

हाल प्रदेशमा १० हजार ३ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये ९ हजार ६ सय ७ जना होम आइसोलेसनमा रहेका छन् । आज प्रदेशमा २० संक्रमितको मृत्यु भयो ।यो सँगै हालसम्म प्रदेशमा ५५१ संक्रमितले ज्यान गुमाएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.