www.tandavnews.com
Fact ~ In search of truth

जुम्लाका किसानलाई जौ भित्र्याउने चटारो

जुम्ला ।
जुम्लाका किसानलाई निषेधाज्ञामा पनि जौ भित्र्याउन चटारो छ । झण्डै एक महिनायताको निषेधाज्ञाले स्थानीयवासी घरभित्रै सीमित भए पनि जौ स्याहार्नुपर्ने बाध्यता छ ।

दोस्रो लहरको कोरोना भाइरसको संक्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा स्थानीय प्रशासनले रोक लगाइए पनि जिल्लाका ग्रामीण र सदरमुकाम खलङ्गा क्षेत्रका किसानको दैनिकी भने उस्तै छ ।

सदरमुकाम क्षेत्रमा कोरोना संक्रमणको उच्च जोखिमबीच दैनिक कृषिकर्ममा किसान लागिपरेको स्थानीयवासी दल नेपालीले बताए। निषेधाज्ञाले पूरै ठप्प भए पनि यहाँका किसान खेतको फाँटमा जौ काट्न व्यस्त देखिन्छन् । किसान चर्को घामको परवाह नगरी जौ बाली स्याहार्न व्यस्त भएको यहाँका किसान बताउँछन् ।

Batas

गत कात्तिक÷मंसिरको हिउँदेबाली लगाइएको जौ बाली अहिले भित्र्याउने किसानलाई चटारो परेको तिला गाउँपालिका–१का स्थानीयवासी नर रावतले बताए ।

जिल्लाको कृषियोग्य भूमिका हिउँदको समयमा जौ, गहुँ, आलु, तरकारीलगायत खेती गर्ने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । खेतमा जौ काटिसकेपछि त्यहाँका किसानलाई फेरी मार्सीधान रोप्नमा व्यस्था हुने गरेको स्थानीयवासि बताउँछन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.