www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङः ‘बाँच र बचाउ’ अभियानलाई थ.से.स र नेलम्बो नेपालद्धारा स्वास्थ्य सामाग्री सहयोग

पोखरा/ताण्डव न्यूज ।

कोभिड –१९ महामारी विरुद्ध लड्न सुरु गरेको ‘बाँच र बचाउँ’ अभियानमा देश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ ।

भौगोलिक हिसाबले विकट हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाका युवाले सुरु गरेको यस अभियान अन्र्तगत हालसम्म झण्डै ९ लाख बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको अभियानका संयोजक तथा समाजसेवी अबिनास गौचनले बताए ।

Batas

अभियानलाई थकाली सेवा समिती अष्ट्रेलियाले स्वास्थ्य सामाग्री खरिदका लागि ३ लाख नगद सहयोग गरेको समाजसेवी गौचनले जनाए । समाजसेवी गौचनको पहलमा जापान, जर्मन, य.एस जस्ता देशमा रहेका व्यक्तिहरुले पनि अभियानलाई व्यक्तिगत रुपमा सहयोग गर्दै आएका छन् ।

आज मात्रै नेलम्बो नेपाल पोखराले पछिल्लो समय कोभिड–१९ बाट प्रभावित थासाङका स्वास्थ्य चौकीमा २ लाख १० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको सो अभियानले जानकारी दियो ।

नेलम्बोले १ लाख ५० हजार बराबरको १ सय पीस पीपीई,२२ हजार ५ सय बराबरको ५०० पीस केएन ९५ मास्क, १२ हजार बराबरको पाँच लिटरको ६ पीस स्यानीटाइजर,१० हजार बराबरको १ सय पीस फेस शिल्ड र १५ हजार पाँच सय बराबरको ५ सय पीस लाईफ बोय साबुन स्वास्थ्य सहयोग गरेको हो ।

पछिल्लो समय मुस्ताङमा पनि कोरोना संक्रमण बढिरहँदा जिल्ला स्वास्थ्य सामाग्रीको अभाव नहोस र स्वास्थ्य सामाग्री अभावकै कारण संक्रमितले ज्यान गुमाउन नपरोस भनेर थासाङ गाउँ पालिकासँग समन्वय गरि अभियान सञ्चालन गरेको गाउँ कार्यपालिका सदस्य नरेन्द्र शेरचन र नवीन शेरचनले जानकारी दिए ।

समाजसेवी गौचनले भने,‘मुस्ताङमा संक्रमितलाई चाहिने स्वास्थ्य सामाग्री लिन पोखरा नै झर्नुपर्छ, पैसावाल त हेलिकप्टर मगाएर पनि उपचार गर्न शहर झर्न सक्छन्, नहुनेलाई त यहाँ स्वास्थ्य सामाग्री अभाव हुनु भएन नि, समयमै स्वास्थ्य सामाग्री जोहो गर्न सके संक्रमितलाई बचाउन सकिएला भनेर अभियान शुरु गरेका हौँ । ’

उनले थपे,‘ प्राप्त नगदले स्वास्थ्य सामाग्री खरिद गरि स्वास्थ्य चौकीमा हस्तान्तरण गरेका छौँ । आज पनि केही अक्सिजनका खाली सिलिन्डर भर्नका लागि पठाएका छौँ । ’

यस्तै पछिल्लो समय यसरी सहयोग गर्नेहरुलाई सरकारी तथा स्थानीय तहले आफू खुशी नगर्न भनिरहेको तर्फ इंगित गर्दै गौचनले भने,‘ हाम्रो अभियान पारदर्शी छ । सक्छौँ सहयोग गरौँ सक्दैनौ विरोध नगरौँ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.