www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री गुरुङद्वारा बुद्धजयन्तीको शुभकामनाःतपस्या र त्याग वर्तमान अवस्थामा सान्दर्भिक

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महामानव गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि देखाएको मार्गदर्शनलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

२५६५औँ बुद्ध जयन्तीका अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमार्फत स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण बुद्ध धर्मावलम्बी तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका हुन् ।

Batas

नेपालको राजनीतिमा देखिएको उथलपुथलका कारण जनअपेक्षा पूरा गर्न बाधाव्यवधान आइपरेको बताउँदै उनले यस अवसरमा बुद्धले व्यवहारमा प्रदर्शन गरेको त्याग र तपस्याको बाटो वर्तमान अवस्थामा झनै सान्दर्भिक हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालको पवित्र भूमिमा जन्मेर विश्व मानवका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्ध नेपालका मात्र नभई विश्वकै प्रेरणाका स्रोत भएको बताउँदै मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा विश्वले मानव कल्याणको बाटो अनुसरण गर्न जुन प्रयत्न गरेको छ नेपालीका लागि वर्ग भएको उल्लेख गरेका छन् ।

विश्व नै कोभिड–१९ को महामारीले आक्रान्त भइरहेको वर्तमान अवस्थामा बुद्धले देखाउनु भएको मानव कल्याणको मार्ग झनै सान्दर्भिक भएकामा जोड दिँदै उनले मानव अस्तित्व नै संकटमा पार्ने गरी फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि आ–आफ्नो ठाउँबाट जुट्नु आजको आवश्यकता भएको सन्देशमा उल्लेख छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.