www.tandavnews.com
Fact ~ In search of truth

तत्काल सडक संघर्ष गर्दैनौँः काँग्रेस

काठमाडौं /ताण्डव न्यूज ।

नेपाली काँग्रेस पदाधिकारी बैठकले सडक संघर्ष नगर्ने निर्णय गरेका छ । बैठकले भौतिक रुपमा सडकमा निस्केर प्रर्दशन नगर्ने विषयमा सहमती जुटाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने तर तत्काल सडक संर्घष नगर्ने निर्णय भएको सहमहामन्त्री प्रकाश शरण महतले जानकारी दिए ।

Batas

कानुनी र राजनीतिक लडाइ अन्तर्गत सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सरकारको कदमको विरोध थाल्ने निर्णय गरेको उनले बताए । कोरोना महामारीलाई मध्यनजर गर्दै सडकमा जान नहुने निष्कर्ष निकालिएको उनको भनाई थियो ।

कोरोना महामारीका बेला सरकारले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेकोे काँग्रेसको आरोप छ ।सहमहामन्त्री महतले कोभिडका नाममा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने कोसिसमा सरकारअघि बढेको बताए ।

यसअघि कोभिड १९ महामारी रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा गर्नुपर्ने काम र सर्वसाधरणको दैनिकीलाई सहज बनाउनका लागि राहत लगायतको व्यवस्था गर्न माग गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.