www.tandavnews.com
Fact ~ In search of truth

अब पोखराको रानीवनमा रतुवा मृग हेर्न पाइने

पोखरा ।

पोखराको विश्वशान्ति जैविक विविधता उद्यान रानीवनस्थित वन्यजन्तु उद्धार केन्द्रमा रतुवा मृग हेर्न पाइने भएको छ ।

फेवाताल किनारास्थित फेवा सव डिभिजन वन कार्यालयको हातामा निर्माण गरिएको उद्धार केन्द्रमा गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री विकास लम्सालले आज एक जोडी रतुवा मृग छोडेका हुन् ।

Batas

तनहुँ जिल्लाबाट उद्धार गरिएको डेढ बर्षको पोथी र लगभग सात बर्षको भाले उक्त जोडी रतुवा मृग लेखनाथको पचघैयास्थित वन्यजन्तु उद्धार केन्द्रवाट ल्याइएको हो ।

 

डिभिजन वन कार्यालय कास्कीले १८ लाख रुपैयाको लागतमा रानीवनमा निर्माण सम्पन्न गरेको सो वन्यजन्तु उद्धार केन्द्र हालै सञ्चालमा ल्याएको हो ।

वन्यजन्तु उद्धार केन्द्रलाई व्यवस्थित बनाइने बताउँदै मन्त्री लम्सालले प्रदेश भित्रका बिभिन्न दुर्लभ जिवजन्तुलाई संरक्षण गर्दै यहाँ आउने पर्यटकले देख्न पाउने गरि व्यवस्थित गर्दै लगिने जानकारी दिए ।

उद्धार केन्द्रलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न बजेटको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै उनले यसका लागि सम्वद्ध निकायले पनि उत्तिकै चासो दिनुपर्नेमा ध्यानाकर्षण गराए ।

‘प्रदेश अन्तर्गतका ११ वटै जिल्लामा वन्यजन्तु उद्धार केन्द्र निर्माण गर्ने मन्त्रालयको योजना रहेको छ’ उनले भने ‘अव प्रणाली उद्धार केन्द्रमा उपचार गरिएका बन्यजन्तु बाहिर नपठाई प्रदेश भित्रै व्यवस्थापन गरिने छ ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.