www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका ४ सहित गण्डकीमा ७ संक्रमितको गयो ज्यान  

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज ७ संक्रमितले ज्यान गुमाएका छन् ।

कास्कीका ४ सहित प्रदेशका अन्य जिल्ला स्याङ्जाका २ र लमजुङका १ गरि प्रदेशमा ७ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

यो सँगै प्रदेशमा संक्रमणबाट ज्यान जानेको संख्या ५७७ पुगेको छ ।हिजोको तुलनामा आज प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या कम रहेको छ ।

पछिल्लो केही दिनदेखि मृत्युदरमा कमी आएको छ । हिजो प्रदेशमा १९ संक्रमितको मृत्यु भएको थियो ।पोखरा महानगरपालिका २६ का ४९ वर्षीय संक्रमित पुरुषको मेडिप्लस अस्पतालमा,पोखरा १२का ७८ वर्षीय संक्रमितको होम आइसोलेसनमा ,पोखरा वडा १ का ४१ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र माछापुच्छ्रे गाउँपालिका ३ का ८५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको निर्देशनालयले जनाएको छ ।

यस्तै स्याङजा वालिङ नगरपालिका १ का ४८ वर्षीय संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पताल र वालिङ नगरपालिका ८ की ६० वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैबीच पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत लमजुङ मध्य नेपाल नगरपालिका ४ की ८५ वर्षीया वृद्धाको पनि निधन भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.