www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः एक हजार ७९ संक्रमित थपिए, नौ सय ४१ जना सन्चो भए

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज १०७९ जना संक्रमित थपिएका छन् । २ हजार २ सय २३ जनामा परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

आज कास्कीका ३७०,गोरखाका २१८, तनहुँका १६६, नवलपरासी पूर्वका ११८ , पर्वतका ६५, स्याङ्जाका ५०,म्याग्दीका ३६,लमजुङका ३६, बागलुङका ११,मुस्ताङका ८ र मनाङका १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले बताएको छ ।

Batas

यो सँगै प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३७ हजार ९ सय ५४ पुगेको छ ।पछिल्लो २४ घण्टामा प्रदेशभर ९ सय ४१ जना कोरोनामक्त भएका छन् । कोरोनाबाट निको हुनेको संख्या हाल २६ हजार ६ सय ३८ रहेको छ ।

प्रदेशमा रहेका १० हजार ७ सय ३९ संक्रमित मध्ये हाल १० हजार ३ सय १२ जना होम आइसोलेसनमा रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.