www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी:छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशका तनहुँ र नवलपरासीमा आज भएका दुई छुट्टाछुट्दै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा तनहुँको धामीकुनाका २५ वर्षीय राजु पौडेल र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ का दशरथ गुप्ताको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

तनहुँ शुक्लागण्डकी नगरपालिका–१२ धामिकुना स्थित लिलाचोक देखि धामिकुना तर्फ जाने क्रममा ग १ त ६८१८ नं।को ट्याक्टरको पछाडी ढालामा सवार सोही ठाउँ बस्ने पौडेल ट्याक्टरको ढालाबाट खसेका थिए । उनलाई उपचारका लागि चरक हस्पिटल ल्याईएको थियो । उपचारकै क्रममा दिउँसो ३ः५० मा उनको मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी उपरिक्षक विनोद सिलवालले जानकारी दिए ।

त्यस्तै आज विहान १०ः३० बजेको समयमा नवलपरासी(पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ ब्यारेजपुलमा पैदलयात्रा गरिरहेका दशरथ गुप्तालाई भारतीय ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो । ब्यारेज पुल मर्मतको लागि भारतबाट नेपालतर्फ ढुंगा लोड गरी आउँदै गरेको यूपि ६० ए टि २७७७ नंबरको भारतीय ट्रकको ठक्करबाट गुप्ता घाईते भएका थिए ।

गुप्तालाई उपचारका लागि चितवन पठाईएकोमा दिउँसो साढे १ बजे मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको गण्डकी प्रदेशका प्रहरी उपरिक्षक विनोद सिलवालले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.