www.tandavnews.com
Fact ~ In search of truth

पेट्रोल लिन भारत गएको ट्यांकर २ सय किलो गाँजा लिएर फर्कियो !

बारा
ताण्डव न्यूज ।

तेल बोक्ने निहुँमा गाँजा ओसारपोसार गरिरहेको एक तेल ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले आज दिउसो ट्याङ्करको चेम्बरमा लुकाई राखिएको २१८ किलो गाँजा बरामद गरेको हो । प्रहरी चौकी पथलैया बाराबाट खटिएको टोलीले बारा जितपुरसिमरा उपमहानगरपालिका १ पथलैया चोकमा रहेको महमद आलम साहको रामरहिम ग्यारेजबाट ट्याङ्कर नियन्त्रणमा लिएको हो ।

Batas

महोत्तरी बर्दिवास नगरपालिका ८ बस्ने बर्ष ३३ का घनश्याम गिरीले काठमाण्डौबाट भारतको बरौलीमा तेल लिन जानको लागि ना ४ ख २९७९ नम्बरकाे ट्याङ्कर चलाई ल्याएको प्रहरीले जनाएको छ । चालक गिरी सहित सह चालक चितवन खैरहनी नगरपालिका २ बस्ने राजकुमार दवाडिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

 

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.