www.tandavnews.com
Fact ~ In search of truth

देउवाको आरोपः राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको ठाडो उल्लंघन गरे

काठमाडौं/ताण्डव न्यूज ।

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनको ३१ औं वर्ष प्रवेशको अवसरमा युनियनले गरेको अर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले मध्यरातमा संसद विघटन गर्नु असंवैधानिक भएको जिकीर गरे ।

Batas

संविधान र लोकतन्त्र सिद्धयाउने गरी प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले गलत कदम चाले पनि सम्मानित सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास देउवाले व्यक्त गरे ।

‘राष्ट्रपतिको आह्वानपछि प्रधानमन्त्रीमा दुबै पक्षको दाबी परेपनि पछि छलफलका लागि बोलाउनुपर्ने देउवाको भनाई छ । उनले भने–‘प्रधानमन्त्रीले भन्दैमा यो राष्ट्रपतिले मान्ने विषय होइन ।’

सभापति देउवाले कांग्रेसले निर्दलीय चरित्र देखायो भन्नेहरुलाई जवाफ दिँदै संविधान पढ्न आग्रह गरे । सभापति देउवाले संसद विघटनविरुद्ध सडक आन्दोलनमा उत्रनुपर्ने मत भएपनि आफूले रोकेको बताए । कोभिड महामारीमा जनता जीवन ठूलो भएकाले आन्दोलन नगरिएको बताए ।

‘साथीहरुले आन्दोलनमा जानुपर्छ भनेका थिए तर, यस्तो महामारीमा जनताको जीवन ठूलो भएकाले आन्दोलनमा जानबाट मैले नै रोकेको हुँ’, देउवाले भने ।

फरक प्रसंगमा देउवाले पार्टीको महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न आफू तयार भएको बताए । वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति आक्रोशित हुँदै उनले महाधिवेशनबारे सबैको सहमतिमा आवश्यक निर्णय गरिने बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.