www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा एन्टिजेन कीटको अभाव

पर्वत ।

गाउँगाउँमा कोभिड महामारी फैलिइरहेका बेला जिल्लामा स्थानीयस्तरमै कोभिड परीक्षणका लागि उपयोगी मानिएको एण्टिजेन कीट अभाव भएको छ ।

परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय पालिकाले बिरामीको पहिचान छिटो हुनुपर्ने माग गरेका छन् । यही मागसहित स्वास्थ्य कार्यालय तथा सबै पालिकाले जिल्लाका करिब एकतिहाइ जनसंख्यालाई पुग्ने एण्टिजेन कीट माग गरेको बताएका छन् ।

Batas

करिब ५० हजार कीट आवश्यक पर्नेमा बढीमा ३५० मात्रै कीट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये ४६/४७ प्रतिशतमा कोभिड देखिएको बताउँदै स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत प्रवीण भण्डारीले संक्रमणको स्थिति हेर्दा कम्तीमा ५० हजार कीट चाहिएको बताए । केही दिन पहिले ३५० कीट मात्रै आएको र केही क्षणमै सकिएको भण्डारीको भनाइ छ ।

स्वास्थ्य कार्यालयमा प्राप्त सबै कीट जिल्लाका सातवटा पालिकालाई ५० का दरले वितरण गरिसकिएको छ । पिसिआर मेसिन र जनशक्ति नभएका कारण स्वाब परीक्षणका लागि पोखरा पठाउनुपर्ने बाध्यता छ ।

पठाइएका स्वाबको नतिजा समयमै नआउँदा लामो समय लकडाउन हुँदा पनि कन्ट्याक्ट ट्रेसिङ र बिरामीको उपचारमा समस्या भएको स्वास्थ्य कार्यालय प्रमुख डा भोजराज गौतमले बताए ।

एण्टिजेन कीटमार्फत गरिएको परीक्षण पिसिआर जत्तिकै भरपर्दो भएकाले यो छिटोछरितो परीक्षणको माध्यममा स्थानीय पालिकादेखि प्रदेश र केन्द्र सरकारले जोड दिनुपर्ने गौतमले सुझाव दिए ।

पालिकाहरुले पनि पिसिआर रिपोर्ट समयमै उपलब्ध गराउन वा एण्टिजेन कीट मागेअनुसार नै उपलब्ध गराउन प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् । सबैतिर स्थिति जटिल बन्दै गएको भन्दै प्रदेश र केन्द्र सरकार पन्छिँदै गएको आरोप जनप्रतिनिधिको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.