www.tandavnews.com
Fact ~ In search of truth

भारतमा घटिरहेछ संक्रमण दर

भारत ।

कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण संकटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।

Batas

तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ८४७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १५ हजार २३५ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २९८ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ७३ लाख ६९ हजार व्यक्ति कोरोना संक्रमित भएका छन् ।

साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ६९ लाख ६९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड २६ लाख भन्दा बढी डोज खोप लगाइएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.