www.tandavnews.com
Fact ~ In search of truth

भण्डारी–जिनपिङ संवादः चर्चामा खोप, रक्षा मामिला र रणनीतिमा जोड

दिपक के श्रेष्ठ/ताण्डव न्यूज ।

नेपालका राष्ट्रपति विद्या भण्डारी र चीनका राष्ट्रपति सी जिनपिङबीच बुधबार करिब ४५ मिनेट कुराकानी भएको छ ।

राष्ट्रपतिद्वयबीच भएको कुराकानीमा चीनले नेपाललाई कोभिड महामारीबाट बचाउन सहयोग गर्ने विषयमामात्र सिमित भएन । मुलतः स्वास्थ्य र राहतका विषयमा कुराकानी भएको जनाइएपनि चीनले नेपाली सम्प्रभुताको रक्षार्थ सहयोग गर्ने वचन दिएको छ ।

Batas

चिनियाँ राष्ट्रपति जिनपिङले सम्प्रभूता र भौगोलिक अक्षुण्णतामा कुनैपनि आँच आउन नहुने भन्दै नेपालको सुरक्षामा पुर्ण सहयोग गर्ने टेलिफोनमा सम्वादमा बताएका छन् । चीनको राज्य नियन्त्रित मिडिया सिजिटिएनमा ‘नेपालको सम्प्रभूता र अक्षुण्णतामा चिनियाँ सहयोग निरन्तर रहनेछ, नेपाली जनताको स्वायत्ततालाई हामी सम्मान गर्छौ ।’

नेपाललाई कोभिडविरुद्ध लड्न आवश्यक सामग्री सहयोग गर्ने बताएका जिनपिङले १० लाख भेरोसेल खोप तत्काल उपलब्ध गराउने बताएका थिए । कोरोना संक्रमणको चर्चासँगै बेल्ट एण्ड रोड परियोजना (बिआरआई) र ट्रान्स हिमालयन मल्टी डाइमेन्सलन कनेक्टिभिटीबारे पनि छलफल भएको छ ।

परियोजना र नेटवर्ककको विषयमा रणनीतिक साझेदारी र सहकार्यमा जिनपिङले राष्ट्रपति भण्डारीसँग आग्रह गरेको सिजिटिएन र समाचार एजेन्सी सिन्ह्वामा उल्लेख छ । ‘रणनीति, साझेदारी र सहयोगका विषयमा हामी दुई देशबीच नवीन छलफल होस् भन्ने चाहन्छु’ राष्ट्रपति जिनपिङले भनेका छन् । यसमा राष्ट्रपति भण्डारीको भनाई उल्लेख गरिएको छैन ।

संवादकाक्रममा भण्डारीले एक चीनको नीतिलाई नेपालले सम्मान गर्ने र कुनैपनि शक्तिलाई नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिने बताएकी छिन् ।

 एजेन्सीको सहयोगमा

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.