www.tandavnews.com
Fact ~ In search of truth

‘खोप खरिद गर्न मिल्ने बनाऊ’

पाेखरा ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई खोप खरिद गर्न मिल्ने बनाउनुपर्ने बताएका छन् । प्रदेशको अर्थ मन्त्रालयद्वारा आज आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा आयोजित भर्चुअल बैठकमा उहाँले सबैभन्दा पहिले जनता बचाउनुपर्ने भएकाले बजेटको ५० प्रतिशत स्वास्थ्यको क्षेत्रमा विनियोजन गर्नुपर्ने सुझाव दिए।

कोइरालाले निर्वाचन पूर्वाधार विकास क्षेत्रको बजेट दुई करोडबाट बढाएर बरु पाँच करोड पु¥याउनुपर्ने र यस कार्यक्रमलाई खोप खरिद गर्न मिल्ने बनाउनुपर्नेमा जोड दिए । मितव्ययिता भनेर भाषण गर्ने सरकारले अनावश्यक मन्त्रालय थप्दै गएको बताउँदै उनले प्रदेशको आम्दानी बृद्धिभन्दा अनावश्यक खर्च गर्न तल्लिन रहेको टिप्पणी गरे ।

Batas

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.