www.tandavnews.com
Fact ~ In search of truth

हप्ता दिनमै १० जनाले ज्यान गुमाएपछि बारपाक जाँदै स्वास्थ्य टोली

पाेखरा
ताण्डव न्यूज ।

गोरखाको बारपाक सुलिकोट वडा १ र २ मा सातादिनमै १० जनाले ज्यान गुमाएपछि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको टोली त्यसतर्फ लागेको छ ।

उक्त क्षेत्रमा कोरोना भाइरसजस्तै लक्षणले १० जनाको ज्यान गइसकेको छ । त्यस क्षेत्रमा देखिएको लक्षण कोरोनाको हो वा होइन भन्नेमा गोरखा अस्पताल र स्थानीय द्विधामा छन् । बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्षमार्फत जानकारी पाएपछि गोरखा अस्पतालले एन्टिजेनलगायतका सामग्री पठाई स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षणपश्चात् पनि लक्षण पहिल्याउन नसकेपछि अस्पतालको आग्रहमा प्रदेशबाट एक टोली त्यता लागेको छ । टोलीमा आवश्यक औषधि, परीक्षण किटसहित चिकित्सक, नर्सिङ स्टाफ, प्रयोगशालाकर्मी र मनोसामाजिक परमार्शदाता रहेको निर्दैशनालयले जनाएको छ ।

Batas

त्यस्तै, कोभिडको लक्षण देखिएमा टोल फ्रि नम्बर १०९२ मा फोन गर्न निर्देशनालयले अनुरोधसमेत गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.