www.tandavnews.com
Fact ~ In search of truth

कोभिड-१९ सहयोग उपसमिति पोखरा-२१ लाई विद्या भट्टराईद्धारा ४० हजार सहयोग

पोखरा
ताण्डव न्यूज ।

कोभिड-१९ सहयोग उपसमिति पोखरा-२१ लाई पुर्व सांसद विद्या भट्टराईले सहयोग गरेकी छिन् ।

कोभिड महामारीमा वडाबासीहरुलाई सहयोगार्थ स्थापना गरिएको उपसमितिलाई भट्टराइले ४० हजार रुपैयाँ सहयोग गरेकी हुन् । भट्टराई कास्की क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी थिइन् ।

Batas

सहयोग उपसमितिले प्राप्त सहयोगबाट वडाबासीहरुलाई औषधी, खाद्यान्न लगायतको सहयोग गर्दै आइरहेको छ ।

‘हामीले वडामा रहेका संक्रमितहरुको घरमै पुगेर स्वास्थ्य अवस्था बुझिरहेका छौँ । आवश्यक औषधी सहित खाद्यान्न लगायतका सहयोग पनि गरिरहेका छौँ’, उपसमिति संयोजक अर्जुन गिरीले भने,‘यहि उपसमितिकै समन्वयमा अब केही दिनमै वडामै आइशोलेसन पनि तयार गर्न जुटिरहेका छौँ । सहयोग दाताहरुप्रति हामी आभारी छौँ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.