www.tandavnews.com
Fact ~ In search of truth

शरीरमा अक्सिजनको मात्रा कति हुनुपर्छ र अस्पताल कतिबेला जाने ? डा. अच्युतराजको सुझाव

पोखरा
ताण्डव न्यूज ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट सुरु भएपछि संक्रमित र मृत्यु दर दुबै बढेको छ । भाइरसकाकारण बिरामीहरुलाई अक्सिजनको अपरिहार्यता भएको छ । अहिलेको मुख्य समस्या भनेको शरीरमा अक्सिजनको मात्रा कति हुनुपर्छ र अस्पताल कतिबेला जाने भन्ने हो । यसबारेमा वीर अस्पताल, काठमाण्डौंका फोकलपर्सन डा. अच्युत राज कार्कीले दिएको सुझाव जस्ताको तस्तैः

शरीरमा अक्सिजनको मात्रा कति हुनुपर्ने र कति भयो भने अस्पताल जाने भन्ने विषय एकै शब्दमा भन्न गाह्रो छ । यसलाई विभिन्न परिस्थिति अनुसार भन्न सकिछ । जस्तो भनौ, दम भएको वृद्धवृद्धा हुनुहुन्छ भने उहाँहरुको स्याचुरेशन लेभल (अक्सिज लिन सक्ने क्षमता) प्रतिमिनेट ९२–९४ खोजेर हुँदैन ।

यस्तो रोगले उहाँहरुको फोक्सो पहिल्यै बिग्रिसकेको हुन्छ । तर उहाँहरु अस्पताल आउनु भयो भने हामीले ८५ प्रतिशत तार्गेट राखेका हुन्छौं । व्यक्ति, उहाँहरुको रोगको अवस्था र उमेर अनुसार पनि फरक फरक हुन्छ ।

हामीले जनमानसमा भन्दा खेरि के भन्छौं भने पल्स अक्सिमिटर जसले अक्सिजनको लेभल नाप्छ, त्यसले सही तरिकाले लेभल मापन गरिदिन्छ भने हामीले ९२ प्रतिशतलाई न्यूनतम बिन्दु राख्दा हुन्छ । तर अक्सिजन मिटरलाई सही तरिकाले प्रयोग गरिएको हुनुपर्छ ।

बिरामीलाई केही समस्या छैन भने ठिकै छ, अन्यथा, श्वास दर बढ्ने, छाती दुख्ने, स्वाँ–स्वाँ गर्ने, लामो वाक्य बोल्न नसक्ने, उकुसमुकस हुने भयो भने अक्सिजनको लेभल ९२, ९३, ९४ देखाएपनि अस्पताल जानुपर्छ । यस्तो अवस्थामा अक्सिमिटर राम्रोसँग नलगाइएको वा त्यसले राम्रोसँग काम नगरेको पनि हुनसक्छ ।

यसमा म के भन्न चाहन्छु भने, एकपटक अक्सिमिटरले देखाएको लेभललाई लिएर कुनैपनि निर्णय गरिहाल्न हुन्न । केही समय प्रतीक्षा गर्नुपर्छ । होम आइशोलेसनमा भएका कतिमय संक्रमित बिरामीहरुले घरमै अक्सिजन पनि लिएर बस्नुभएको छ । यसमा मेरो सल्लाह के छ भने, सम्भव भएसम्म अक्सिजन लिनुपर्ने बिरामीहरु अस्पतालमै आउनु पर्छ ।

अस्पताल आउन गाह्रो छ अथवा अस्पतालमा बेड मिलेन भने पनि प्रत्यक्षरुपमा चिकित्सकको सल्लाह वा निगरानीमा केही समय बस्न सकिन्छ । तरपनि मेरो सल्लाह छ, सकेसम्म अस्पताल नै जानुहोला । अस्पतालमा बेड छैन भन्दै घरमै बस्नु झनै घातक हुनेछ । जसकारण बिरामीको अवस्था गम्भीर हुनेछ । र, गम्भीरावस्थाका बिरामीलाई बचाउँन धेरै गाह्रो हुन्छ ।

Batas

प्रस्तुतिः दिपक के श्रेष्ठ

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.