www.tandavnews.com
Fact ~ In search of truth

प्रत्येक नेपालीको भागमा ५२ हजार ऋण

काठमाडौँ
ताण्डव न्यूज ।

विश्वव्यापी महामारीका कारण अर्थतन्त्र धरासयी बन्दै गएको छ । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपि) रु ४२ खर्ब ६६ अर्ब ३२ करोडमा खुम्चने देखिएको छ ।

सर्वेक्षणका आधारमा अर्थ मन्त्रालयले सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार कोभिड महामारीका कारण आर्थिक वर्ष २०७६÷७७ मा आर्थिक गतिविधिमा सङ्कुचन आएको भए पनि चालु आर्थिक वर्ष २०७७/७८ का प्रमुख आर्थिक परिसूचकहरु भने सन्तोषजनक देखाईएको छ । यद्यपि पछिल्लो एक महिनाभन्दा बढी समयदेखि कोरोनाको दोस्रो लहर आएका कारण अर्थतन्त्र थप सङ्कुचित हुने अवस्था देखिएको छ ।

Batas

आव २०७६/७७ मा कोभिड–१९ का कारणले नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको थियो ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा आर्थिक गतिविधिमा सुधार आएकाले स्वास्थ्य सङ्कटको अवस्थामा सुधार आई आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने अनुमान गरिएको थियो । कोरोनाको दोस्रो लहरका कारण उक्त प्रक्षेपणसमेत पूरा नहुने अवस्थामा पुगेको छ ।

यसबीचमा सरकारले स्वदेशी र विदेशी ऋण उच्च दरले बढाएपछि ऋणको भार पनि थपिदो क्रममा छ । सरसर्ती हेर्दा एक जना नेपालीको भागमा ५२ हजार रुपैयाँ ऋणको भार थोपरिएको छ । प्रतिव्यक्ति सार्वजनिक ऋणको हिस्सा प्रतिव्यक्ति ५२ हजार ३६९ रुपैयाँ पुगेको मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षणमा उल्लेख छ ।

तथ्यांक अनुसार नेपालको तिर्न बाँकी खुद सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ उत्पादन (जीडीपी) को ३७ दशमलव ३ प्रतिशत हो ।

केन्द्रिय तथ्यांक विभागको अनुमान अनुसार शुक्रबारसम्म नेपालको जनसंख्या ३ करोड ३ लाख ५१ हजार छ । यस हिसाबले हरेरक नेपालीले राष्ट्रिय ऋणलाई बराबर भाग लगाउने हो भने एक जनाको थाप्लोमा ५२ हजार ३६९ रुपैयाँ पर्न आउँछ ।

सरकारले लिने सार्वजनिक ऋणलाई मूलतः अर्थतन्त्रको आकारसँग दाँजेर हेर्ने गरिन्छ । यसबाट सरकारले कति ऋण लिएको छ र त्यो ऋणको उपयोगिता कत्तिको प्रभावकारी छ भन्ने जाँच्न सघाउ पुग्छ । धेरै ऋण लिएर देशको विकास निर्माणमा चाहीँ कम खर्च भयो भने सरकारको प्रभावकारीता र कार्यकुशलता कमजोर भएको बुझ्न सकिन्छ ।

सरकारी ऋण अत्यधिक धेरै भएमा मुलुकले ऋण तिर्नसक्ने क्षमता गुमाउँदै जाने र अन्ततः राष्ट्र टाट पल्टिने जोखिम हुन्छ । पछिल्ला वर्षमा ग्रीस, भेनेजुयलाजस्ता मुलुकले यस्तो जोखिम भोगिरहेका छन् ।

तर, प्रतिव्यक्ति ऋणको हिसाब गरेजस्तो जनताले सरकारको ऋण तिरिदिन चाहीँ मिल्दैन । अर्थात्, एक जनाको थाप्लोमा पर्ने ५२ हजार रुपैयाँ कोही नेपालीले अर्थात्, एक जनाको थाप्लोमा पर्ने ५२ हजार रुपैयाँ कोही नेपालीले ‘म तिरिहाल्छु’ भन्न मिल्दैन । यो केवल हिसाबमा देखाउने कुरामात्र हो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.