www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीको बजेट अधिवेशन आज बस्दै

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज बस्दैछ । जेठ ११ बसेको मन्त्रिपरिषद्‍को बैठकले आज दिउँसो १ बजे अधिवेशन बोलाउनका लागी प्रदेश प्रमुख समक्ष सिफारिश गरेको थियो ।

गण्डकी प्रदेशसभाको सातौं अधिवेशन चैत्र २५ गतेबाट शुरु भई बैशाख २ गते अन्त्य भएको थियो । लगतै बैशाख १३ गतेबाट बिशेष अधिवेशन चलेको थियो ।

प्रदेश सरकारको आर्थिक बर्षको बजेट असार १ गते ल्याउनुपर्ने र मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ्गले जेष्ठ २९ गतेसम्म बिश्वासको मत लिनुपर्ने भएकाले प्रदेश सभा बैठक बोलाईएको हो । मुख्यमन्त्री बैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियूक्ती भएका थिए ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.