www.tandavnews.com
Fact ~ In search of truth

संविधान र लोकतन्त्रका पक्षमा आवाज उठाउन विपक्षी गठबन्धनको आग्रह

काठमाडौं ।

विपक्षी दलको गठबन्धनले नेपालको संविधान र लोकतन्त्रका पक्षमा एकताबद्धरुपमा सशक्त आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ता तथा जनसमुदायमा विपक्षी गठबन्धनले आह्वान गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले ‘संविधानविपरीत र अलोकतान्त्रिक कामकारवाहीमा सहयोगी नहुन’ राज्यका सबै अङ्ग र निकायलाई आग्रह गरेको छ ।

Batas

बैठकपछि संयुक्त विज्ञप्तिमार्फत गठबन्धनले प्रतिनिधिसभाको पुनःस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यको हस्ताक्षरमा वैकल्पिक प्रधानमन्त्रीका रुपमा विधिवत् दावी प्रस्तुत गरिसकिएको जनाउँदै देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि कामकारवाही नगर्न सरकारलाई चेतावनीसमेत दिएको छ ।

विज्ञप्तिमा कांग्रेस सभापति देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

संघीय संसद्मा पेश हुनुपर्ने बजेट अध्यादेशबाट ल्याइएकामा रोष प्रकट गर्दै विज्ञप्तिमा देश कोरोना महामारीबाट आक्रान्त भइरहेका अवस्थामा संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को गरी भइरहेको आरोप पनि लगाइएको छ ।

संवैधानिक सर्वोच्चता, कानूनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको मुलुकमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुने विश्वास गठबन्धनले व्यक्त गरेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.