www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रेका कोभिड अस्पताललाई नमस्ते किड्सको स्वास्थ्य सामाग्री

पोखरा ।

नमस्ते किड्स नेपालले कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा न–६ स्थित भेडाबारी प्राथमिक उपचार केन्द्रमा रहेको कोरोना अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

संस्थाले अस्पताललाई माक्स, स्यानिटाइजर, पल्स अक्सिमिटर, स्प्रे मेसिन, क्लोरिन सोलुसन, पि.पि.इ, फेस शिल्ड, सर्जिकल ग्लोब्स, डेटोल ह्यान्ड वास , अक्सिजन फ्लोमिटर, साबुन लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको हो। उक्त संस्थाका अध्यक्ष युवा समाजसेवी सगुन गुरुङले संस्थाले पालिकासँग सहकार्य गरि आवश्यक परेको खण्डमा थप सहयोग गर्ने बताए ।

Batas

साथै माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कर्ण बहादुर गुरुङले संस्थालाइ धन्यवाद प्रकट गर्दै निकट भविष्यमा अझै सहकार्य गरि अगाडि बढ्ने बताए।

कार्यक्रममा संस्थाको तर्फबाट नमस्ते किड्स नेपालका अध्यक्ष सगुन गुरुङ, उपाध्यक्ष अनिल कुमार श्रेष्ठ, प्रोजेक्ट म्यानेजर सन्तोष मिजार, नमस्ते किड्स गोर्खा गण्डकी गाउँपालिका संयोजक तथा सस्थाका सल्लाहकार रामबाबु गुरुङ र सवारी चालक सन्त बहादुर गुरुङको उपस्थिती रहेको थियो।

साथै संस्थाले माछापुच्छ्रे–३ घाचोकमा स्थित घाचोक प्रहरी चौकीमा पनि ५०० थान र घाचोक स्वास्थ्य चौकीलाई १०० थान सर्जिकल माक्स उपलब्ध गराएको थियो।

नमस्ते किड्सले माछापुच्छ्रेका २२ जना अनाथ तथा विपन्न बालबालिका तथा घाचोक स्वास्थ्य चौकीलाई निरन्तर सहयोग गर्दै आइरहेको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.