www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका ८ सहित गण्डकीमा १६ संक्रमितको मृत्यु

संक्रमित भन्दा निको हुने धेरै

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार १६ संक्रमितले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा कास्कीका ८,तनहुका ४, मुस्ताङका १, पर्वतका १,लमजुङका १ र बागलुङका एक जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६१ पुगेको छ ।संक्रमितहरुको पोखराका र प्रदेशका विभिन्न जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

यसैबीच पछिल्लो २४ घण्टामा प्रदेशमा संक्रमित भन्दा निको हुने धेरै छन् ।प्रदेशमा आज ८५९ जना संक्रमण मुक्त भएका छन् ।यो सँगै हालसम्म प्रदेशमा ३० हजार २३२ संक्रमित सन्चो भएका छन् ।

यस्तै आज प्रदेशमा ५४० जना संक्रमित थपिएका छन् । जसमा बागलुङका ११५,गोरखाका १०४,लमजुङका ८९,नवलपरासीका ८५,कास्कीका ७४,पवर्तका ३४,म्याग्दीका १५,तनहुँका १७ र स्याङ्जाका ७ जना रहेका छन् ।

यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ४१ हजार ६ सय ८२ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.