www.tandavnews.com
Fact ~ In search of truth

नेता पोखरेलको कटाक्षः मुख्यमन्त्रीले ‘कालो टीका’ लगाउने छैनन्

पाेखरा
ताण्डव न्यूज ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्तालोलुपताको कालो टीका लगाउने छैनन् भन्दै कटाक्ष गरेका छन् ।

गण्डकी प्रदेश सभाको आइतबारदेखि सुरु भएको आठौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता पोखरेलले भने ‘मुख्यमन्त्री सदैव लोकतन्त्र, संघीयता र संविधानको वकालत गरिरहनु भएको छ, उहाँले संविधान विपरित गएर सत्तालोलुपताको कालो टिका लगाउनु हुनेछैन ।’

Batas

संसदीय जोड घटाउमा लागेर प्रदेश सभालाई मार्न खोजिएको बताउँदै उनले यस्तो कदमले जनताको विश्वासमाथि कुठाराघात हुने बताए । ‘यस्तो कदम संवैधानिक अपराधकोरुपमा प्रदे्शसभामा दर्ज हुनेछ’ पोखरेलले भने ।
बहुमत जोगाउन नसकेपछि वैकल्पिक सरकारको सम्भावना रहँदारहँदै असंवैधानिक कदम चालेर प्रदेश सभालाई मार्ने मनशाय राखिएको आरोप लगाउँदै उनले यस्तो कार्यलाई संवैधानिक अपराधको संज्ञा दिए ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र विधिको खिल्ली उडाएको बताएँदै श्रृंखलाबद्धरुपमा संविधानको धारा मिचेको आरोप लगाए । उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले व्यवस्थामाथि आँच आउने काम भयो ।’

बालुवाटार काण्डमा पैसा फर्काएर चोखिएका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट झुटको पुलिन्दा र चुनाव प्रचारको माध्यम भएको टिप्पणी गरे । कामचलाउ सरकारले पूर्ण बजेट ल्याउनु परम्पराविपरित भएको उनले उल्लेख गरे । ‘यो बजेट कार्यान्वयन हुन सक्दैन’ पोखरेलले भने ।

बजेटमा विद्यार्थीलाई सिमकार्ड दिन रकम छुट्याउनु हास्याँस्पद भएको उनको टिप्पणी छ । हाल कोरोनाले हरेक घर आइशोलेसनमा परिणत भएको बताउँदै उनले कोरोना परीक्षणको दायरा बढाउन सुझाव दिए । ‘कोभिड नियन्त्रणकालागि जसरी पनि बजेट ल्याउनुहोस् हाम्रो समर्थन छ’ नेता पोखरलले थपे ‘लकडान विकल्प हैन, खोप दिनुहोस् ।’

अधिवेशनमा अस्वस्थताकाकारण मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ उपस्थित हुन नसकेको जानकारी दिइएको छ । अधिवेशन भोली दिउँसो १ बजेसम्म स्थगित गरिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.