www.tandavnews.com
Fact ~ In search of truth

संघीयताको औंचित्य सकियो, प्रदेश संरचना खारेज गरौंः पियारी

दिपक के श्रेष्ठ
पाेखरा/ताण्डव न्यूज

राष्ट्रिय जनमोर्चाकी गण्डकी प्रदेश सांसद पियारी थापाले सघीयताको औंचित्यमाथि नै प्रश्न गरेकी छिन् । रिन खोजेर सुविधाभोग गर्ने, संरचना जोगाउने, जनतालाई रिनको भारी बोकेर शयर गर्ने भन्दै उनले अब ‘संघीयताको औंचित्य समाप्त भएको छैन र ? भन्दै प्रश्नसमेत गरिन् ।

प्रदेशसभाको आठाैँ अधिवेशनमा बोल्ने क्रममा सांसद थापाले विगत ३ वर्षमा वैदेशिक रिनको उछाल अत्यधिक बढेको चर्चा गर्दै त्यसको तुलनामा पूँजीगत खर्चको अवस्था निराशाजनको भएको उनले बताइन् । ‘मेरो अनुरोध छ, रिन खोजीखोजी बनाइएको प्रदेश संरचना खारेज गरौं र स्थानीय तहलाई बलियो बनाऔं’ थापाले भनिन् ‘संरचना जोगाउने नाममा जनतालाई पीडित बनाउन पाइन्न ।’

Batas

त्यस्तै, सरकारले सत्ता जोगाउन अध्यादेशमार्फत ल्याएको नागरिकता विधेयक मुलुकको हितमा नहुने उनले उल्लेख गरिन् । ‘राष्ट्रियतासँग सम्बन्धित विधेयकलाई अध्यादेशमार्फत ल्याइएको छ’ थापाले थपिन् ‘विधेयकलाई सत्तासँग सौदाबाजी गर्न ल्याइएको हो ।’ उनले यसको विरोध गर्दै पार्टीकोतर्फबाट तुरुन्त फिर्ता लिन अनुरोध गरिन् ।

प्रदेशको सरकार अल्पमतको सरकार हो भन्दै उनले सर्वप्रथम सरकारलाई विश्वासको मत लिन आग्रह गरिन् । ‘पहिले विश्वासको मत लिनुस्, अनि बजेटको विषयमा छलफल गरौंला’ उनले भनिन् ‘यसअघि कुनै पनि विषयमा छलफल गर्नु निरर्थक हुनेछ ।’

५ वर्षकालागि बहुमत पाएको सरकारले ताजा जनादेशको नाममा जनताले दिएको म्याण्डेट कुल्चने काम गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको टिप्पणी गरिन् । अधिवेशन सोमबार दिउँसो १ बजेसम्म स्थगित गरिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.