www.tandavnews.com
Fact ~ In search of truth

‘नुभिवको समाचार डिलेट गर’ भन्दै अज्ञात व्यक्तिबाट पत्रकारका नेताको नाममा ताण्डवलाई धम्की

पाेखरा
ताण्डव न्यूज ।

जेठ १६ गते ताण्डव न्यूज डटकममा प्रकाशित ‘नुभिव काण्डमा नयाँ मोडः फेवातालमा हामफालेको फुटेज अदालतमा पेश !’ समाचारलाई लिएर आइतबार राति साढे ९ बजे फोनमार्फत धम्की दिइएको छ ।

ताण्डवका सम्पादक अर्जुन गिरीलाई ९८४००३८७३२ बाट नेपाल पत्रकार महासंघका पूर्व महासचिव तथा वर्तमान वरिष्ठ उपाध्यक्ष रमेश विष्टको नाममा फोन गरी धम्क्याइएको हो । ‘म पत्रकार महासंघको पुर्व महासचिव रमेश विष्ट हुँ, पत्रकारिता कहाँ सिकेको हो ?’ भन्दै उक्त व्यक्तिले नुभिवको समाचार तुरुन्त डिलेट गर्न धम्की दिएको छ ।

Batas

फोन संवादकैक्रममा उक्त व्यक्तिले समाचार तुरुन्ट नहटाए नराम्रो कारवाही गर्ने चेतावनी दिइएको छ । सम्पादक गिरीले संवादकाक्रममा रमेश विष्टलाई ‘म राम्रोसँग चिन्छु, दाई तपाइनै बोलेको हो र ?’ भन्ने प्रश्नमा उनले आफु अत्यन्त व्यस्त रहेको भन्दै समाचार तुरुन्त हटाइहाल्नु भन्दै फोन काटे ।

नुभिवको समाचारको विषयलाई लिएर विभिन्न स्थान र नम्बरबाट फोन आउने क्रममा सम्पादक गिरीले पत्रकारिताको संहितालाई अनुशरण गर्दै समाचार लेखेको भन्दै जवाफ दिएको बताए । ‘मलाई धेरैले सोध्नुभयो, मैले सबैको जिज्ञासा मेटाउने प्रयास गरे तर रातीको फोनमा मलाई धम्की दिइयो ।’

यस विषयमा पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टसँग सम्पर्क गर्दा उनी जिल्ल परे । ‘तपाईको नामबाट समाचार हटाउन धम्की आयो नी ?’ भनि सोध्दा उनले चकित हुँदै भने ‘यो त हुनै नसक्ने कुरा भयो, मलाई त्यो नम्बर दिनुहोस् ।’

विष्टले नम्बर पाएपछि उक्त व्यक्तिको पहिचान गरी तुरुन्त सम्पर्क गर्ने बताएका छन् ।

सम्बन्धित समाचार

नुभिव काण्डमा नयाँ मोड : फेवातालमा हामफालेको फुटेज अदालतमा पेश !

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.