www.tandavnews.com
Fact ~ In search of truth

लुम्बिनी प्रदेशसभा उपनिर्वाचनमा मतदान शुरु

देउखुरी ।

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि आज मतदान शुरु भएको छ । उपनिर्वाचनमा मुख्यमन्त्री शङ्कर पोख्रेलले पहिलो मतदान गरेर शुरुआत भएको छ । प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान शुरु भएको छ ।

मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । कोरोनाको समयमा भीडभाड कम गर्न भर्चुअल माध्यमबाट मत परिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत नीमराज भट्टराईले जानकारी दिए ।

Batas

बिहान १० बजेसम्म खसेको मतमा स्थानीय तह प्रमुख उपप्रमुखतर्फ महिला ३५ पुरुष ३६ गरी जम्मा ७१ जनाको मत खसेको छ भने प्रदेशसभा सदस्यमा महिला २१ र पुरुष २७ गरी ४८ जनाको मत खसेको छ र कोभिड केन्द्रमा तीनजनाको मत खसेको छ । जम्मा १२२ जनाको मत खसेको निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.