www.tandavnews.com
Fact ~ In search of truth

यार्सा टिप्न गएकी महिलाको मृत्यु

दार्चुला ।

अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा संकलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा संकलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो ।

यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई÷तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन् । मृतकको शवलाई आइतबार घर ल्याइएको छ ।

Batas

मृतकका दुई छारा र दुई छोरी छन् । यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा संकलनका क्रममा हिउँ पहिरामा परी मृत्यु भएको थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.