www.tandavnews.com
Fact ~ In search of truth

विवेकशील साझा पार्टीका नेता उज्वल थापा कोरोनामुक्त, अवस्था भने गम्भीर

काठमाडौं,
ताण्डव न्यूज ।

स्वास्थ्य अवस्था जटिल बनेपछि भेण्टिलेटर मार्फत उपचार गराईरहेका विवेकशील साझा पार्टीका नेता उज्वल थापा कोरोना मुक्त भएका छन् ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

Batas

नेता थापालाई केही दिन अगाडि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । श्वासप्रस्वासमा समस्या भएपछि उनलाई भेन्टिलेटरको सहायताबाट अक्सिजन दिईएको छ ।

सामाजिक सञ्जालहरुमा उनलाई धेरैले स्वास्थ्यलाभको कामना गरिरहेका छन् । साझा पार्टीका संयोजक रविन्द्र मिश्र, लेखक खगेन्द्र संग्रौला, पत्रकार विजयकुमार लगायत थुप्रै शुभेच्छुकहरुले उनको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.