www.tandavnews.com
Fact ~ In search of truth

जसपाको महन्थ पक्ष सरकारमा सहभागी हुने

काठमाडौं /ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षबीचको वार्ता केहिबेर अघि सकिएको छ ।

जसपा कुन–कुन मन्त्रालय लिएर एमाले सरकारमा सहभागी हुनेबारे आज प्रधानमन्त्री ओलीसँग तीन घण्टाभन्दा बढी छलफल भएको थियो । माओवादीले छाडेका मन्त्रालय दिने गरी समझदारी भएको जसपाका एक कार्यकारिणी सदस्यले जानकारी दिए ।

Batas

८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जाने श्रोतले जनाएको छ । जसपा सहितको सरकार एक दुई दिनमै गठन हुने श्रोतको दावी छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.