www.tandavnews.com
Fact ~ In search of truth

चीनले दिएको ८ लाख डोज भेरोसेल खोप आज नेपाल आईपुग्दै

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकाे आग्रहमा चीन सरकारले दिएको १० लाखमध्ये ८ लाख डोज भेरोसेल खोप आज नेपाल आईपुग्दैछ । आज दिउँसो २ बजे खोप लिएर आएको वाइडबडी जहाज काठमाडौं अवतरण गर्नेछ ।

चीन सरकारले अनुदानमा दिन लागेको भेरोसेल खोप लिन गएराति ११ बजेर ३० मिनेटमा नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज चीनको बेइजिङ उडेको थियो । जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सि जिङपिङको टेलिफोन वर्तापछि चीनले थप १० लाख डोज खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेको थियो ।

Batas

चीन सरकारले घोषणा गरेको उक्त खोप नेपाल वायुसेवा निगमको विमानले ८ लाख र तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानमार्फत आजै ल्याइने कार्यतालिका छ ।

भेरोसेल खोप एक पटक पनि नलगाएका नागरिकलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने मन्त्रालयको तयारी छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.