www.tandavnews.com
Fact ~ In search of truth

स्पष्टिकरण नदिने नेतामाथि कारबाही गर्ने एमालेको तयारी

काठमाण्डौँ
ताण्डव न्यूज ।

नेकपा एमालेले आफ्नो पार्टीका असन्तुष्ट नेताहरूको गतिविधि पार्टीको विवाद समाधानका लागि बाधक भएको भन्दै स्पष्टिकरण नदिने नेतामाथि कारबाहीको तयारी गरेको छ । पार्टीले सोधेको स्पष्टीकरण नदिने नेता र उनीहरूको भूमिकाका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक आज बिहान ११ बजेका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको विवाद मिलाउनका लागि हरकोसिस गरे पनि परिणाम सकारात्मक निस्कन नसकेको बताए । उनले नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभियान चलाएका कारण जटिल अवस्था आएको उल्लेख गरे । यही जेठ १० गतेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो भने घनश्याम भुसालसहित थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.