www.tandavnews.com
Fact ~ In search of truth

संवैधानिक इजलाशमा पुरानै न्यायाधीशहरुलाई निरन्तरता

काठमाडौं/ताण्डव न्यूज ।

प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै संसदका विपक्षी दलसमेतले हालेका रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजलाशमा पुरानै न्यायाधीशहरुलाई निरन्तरता दिएका छन् ।

पूर्व मुद्दासँगको संलग्नतालाई लिएर न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा नराख्न कानुन व्यवसायीहरुले माग गरेको भए पनि आजको इजलाशमा पूर्ववत नै न्यायाधीशहरु तोकिएको हो ।

Batas

नेकपा विभाजनसम्बन्धि फैसला गर्ने न्यायाधीश श्रेष्ठ र पुनरावलोकनको माग अस्वीकार गर्ने केसीलाई इजलाशमा राख्दा नैतिक प्रश्न उठ्ने भन्दै अधिवक्ताहरुले विकल्पका लागि आग्रह गरेका थिए ।

यसैबारेमा सोमवार दिनभर न्यायाधीशहरुबीच छलफल पनि निष्कर्ष निस्केको थिएन । सोमबारको बैठकमा न्यायाधीशहरुले स्वविवेकमा निर्णय लिन भनेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.