www.tandavnews.com
Fact ~ In search of truth

चीन: पहिलोपटक मानिसमा देखियो बर्ड फ्ल्यू

एजेन्सी/ताण्डव न्यूज ।

चीनको जियाङ्सु प्रान्तमा बर्ड फ्लु मानिसमा संक्रमित भएको पहिलो केस फेला परेकोछ ।

राष्ट्रिय स्वास्थ्य आयोगले पूर्वी भागमा रहेको उक्त क्षेत्रमा भाईरसबाट संक्रमित मानिसबारे समाचार सार्वजनिक भएको हो ।

Batas

मंगलबार आज आफ्नो वेबसाइटमा आयोगले एच१०एन३ स्ट्रेनको पहिलो मानव संक्रमणको केस पुष्टि गरेको समाचार प्रकाशन गरेको छ । समाचारमा जनाईए अनुसार चनच्याङ शहरमा बस्ने ४१ वर्षका पुरुषमा उक्त भाईरस पुष्टि भएको हो उनलाई कुखुराबाट उक्त संक्रमण भएको विज्ञहरुले बताएका छन् ।

संक्रमण फैलिने जोखिम एकदमै कम भएको स्वास्थ्य आयोगले जनाएको छ । संसारमा यसअघि एच १०एन ३ को मानव संक्रमण नभेटिएको उसले जानकारी दिएको छ ।

चाइनिज सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले रोगीको रगतमा जिनोम सिक्वेन्स गराउँदा उनमा एच १० एन ३ भाइरस पाएको हो ।

स्थानीय अधिकारीहरूले रोगीको सम्पर्कमा आएकाहरूलाई ट्रेस गरेका छन् र स्वास्थ्य निगरानीमा राखेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.