www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी अस्पतालमा बिरामीका लागि पानी र कुर्चि सहयोग

पोखरा /ताण्डव न्यूज ।

कोभिड अस्पतालको रुपमा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका विरामी र आफन्तहरुको सहयोगका लागि लागि विभिन्न क्षेत्रबाट पहल भैरहेको छ ।

अस्पतालमा रहेका विरामी र आफन्तहरुका लागि आवश्यक पर्ने पानी, बस्ने कुर्चि लगायतका सामाग्रीहरु सहयोग गरिएको सहयोग दाताहरुले बताएका छन् ।

Batas

यसैबीच आज पोखराको लेकसाईडमा रहेको ट्रेजर लाउन्ज एण्ड बारले ५५ कार्टुन पानी र २५ लिटर जुस अस्पताललाई हस्तान्तरण गरेको छ ।

सहज रुपमा पानी खान पाउन भन्ने उद्धेस्यले सहयोग गरिएको लाउन्जका सञ्चालक किरण बरालले ताण्डव न्यूजलाई जानकारी दिए ।

उक्त सामाग्री अस्पतालका निर्देशक डा. भरत खत्रीलाई हस्तान्तरण गरिएको उनले बताए । विगतमा पनि मानवीय सहयोग गर्दैं आएको र आगामी दिनमा पनि आवस्यक सहयोग गर्ने उनले बताए ।

त्यस्तै पोखरा १५ मा रहेको लायन्स क्लब अफ गलेस्वर सेन्चुरीले अस्पतालका लागि आवस्यक कुर्चिहरु हस्तान्तरण गरेको छ । क्लबले प्रदान गरेका डल्फीन ब्राण्डका ४० थान कुर्चि अस्पतालका लागि प्राप्त भएको अस्पतालका निर्देशक डा.भरत खत्रीले जानकारी दिए ।

कोरोना नियन्त्रण अभियानका लागि क्लबले उक्त सहयोग गरेको क्लबका आशिष भण्डारीले ताण्डव न्यूजलाई जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.