www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ:६ के.जी गाँजा र २ के.जी बढी चरेससहित दुई पुरुष पक्राउ

पोखरा/ताण्डव न्यूज ।

बागलुङमा लागू औषधसहित दुई पुरुष पक्राउ परेका छन् ।

बागलुङ ढोरपाटन नगरपालिका ४ भागी बस्ने ३४ वर्षीय जित बहादुर पुन र सोही ठाउ बस्ने ३८ वर्षीय डम्बर बहादुर पुन लागूऔषध र घरेलु हतियार सहित पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

उनीहरुको घरबाट अन्दाजी ६ के.जी.८०० ग्राम गाजाको धुलो,अन्दाजी २ के.जी.२०० ग्राम चरेस, र १ थान १ नाले बेसाबुत भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.