www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा संक्रमणबाट निको हुनेको संख्या बढ्दै

६८८ जना संक्रमण मुक्त हुदाँ थपिए ४७३ संक्रमित

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशभर ६८८ जना कोरोनाबाट मुक्त भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । आज पनि संक्रमित भन्दा निको हुनेको संख्या धेरै हो । प्रदेशमा हाल सम्म ३१ हजार ८७९ जना संक्रमणबाट सन्चो भएका छन् ।

Batas

यस्तै पछिल्लो तथ्यांक अनुसार प्रदेशमा आज ४७३ जना कोरोना संक्रमित थपिएका छन् ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ४२ हजार ९९७ पुगेको छ ।

थपिएका संक्रमित मध्ये कास्कीका २०१,नवलपरासीका ६३,पर्वतका ६२, लमजुङका ४१,स्याङ्जाका ३५, बागलुङका ३०,तनहुँका २१,म्याग्दीका १२ र गोरखाका ८ जना रहेका छन् ।

थपिनेमा २३१ जना पुरुष र २४२ जना महिला रहेका छन् ।हाल प्रदेशमा १० हजार ४२४ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये १० हजार ८१ जना होम आइसोलेसनमा रहेका छन् ।

हालसम्म प्रदेशमा १ लाख ९५ हजार ८ सय ८१ जनाको परीक्षण भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.