www.tandavnews.com
Fact ~ In search of truth

‘अस्ताए उज्वल’

विवेकशील नेपाली दलका संस्थापकसमेत रहेका विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको निधन भएको छ ।

४४ वर्षीय थापाको मेडिसिटी अस्पतालमा उपचारकोक्रममा मंगलबार अपराह्न ४ः२५ बजे निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिए ।

कोरोना संक्रमण भएपछि थापालाई अस्पताल भर्ना गरिएको थियो । सोमबारमात्र उनको कोरोना नेगेटिभ आएको थियो । सुरुमा ग्रान्डी अस्पताल भर्ना गरिएका थापालाई ह्याम्स हुँदै मेडिसिटी लगिएको थियो ।

Batas

स्वास्थ्यमा सुधार नआएपछि मेडिसिटी ल्याएर इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.