www.tandavnews.com
Fact ~ In search of truth

ताण्डव न्यूजलाई धम्क्याइएकोप्रति पत्रकार महासंघ कास्कीको गम्भिर ध्यानाकर्षण

पोखरा
ताण्डव न्यूज ।

ताण्डव न्यूज डटकममा प्रकाशित समाचारको विषयलाई लिएर धम्की दिइएकोप्रति नेपाल पत्रकार महासंघ कास्कीले गम्भिर ध्यानाकर्षण जनाएको छ । महासंघ कास्कीका सचिव माधव बरालले आज विज्ञप्ति जारी गर्दै धम्क्याएको घटनाको भत्र्सना एवं निन्दा गरेका छन् ।

‘नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा ताण्डव न्यूज डटकमका सम्पादक अर्जुन गिरीलाई समाचार लेखेको विषयलाई लिएर फोनबाट धम्की दिइएकोप्रति नेपाल पत्रकार महासंघ कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

Batas

जेठ १६ गते ताण्डव न्यूज डटकममा प्रकाशित ‘नुभिव काण्डमा नयाँ मोडः फेवातालमा हामफालेको फुटेज अदालतमा पेश !’ समाचारलाई लिएर आइतबार राति साढे ९ बजे फोनमार्फत अज्ञात ब्यक्तिले सम्पादक अर्जुन गिरीलाई धम्की दिएका थिए ।

सम्पादक गिरीलाई ९८४००३८७३२ बाट नेपाल पत्रकार महासंघका पूर्व महासचिव तथा वर्तमान वरिष्ठ उपाध्यक्ष रमेश विष्टको नाममा फोन गरी धम्क्याइएको थियो । ‘म पत्रकार महासंघको पुर्व महासचिव रमेश विष्ट हुँ, पत्रकारिता कहाँ सिकेको हो ’ भन्दै उक्त व्यक्तिले नुभिवको समाचार तुरुन्त डिलेट गर्न धम्की दिएका थिए । फोन संवादकैक्रममा उक्त व्यक्तिले समाचार तुरुन्ट नहटाए नराम्रो कारवाही गर्ने चेतावनी दिएका थिए ।

महासंघले सम्पादक गिरीलाई धम्क्याउने ब्यक्तिको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न कास्की प्रशासनलाई अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचार

‘नुभिवको समाचार डिलेट गर’ भन्दै अज्ञात व्यक्तिबाट पत्रकारका नेताको नाममा ताण्डवलाई धम्की

नुभिव काण्डमा नयाँ मोड : फेवातालमा हामफालेको फुटेज अदालतमा पेश !

 

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.