www.tandavnews.com
Fact ~ In search of truth

थप ९९ हजार २ सय डोज खोप आज आउँदै

काठमाण्डौँ
ताण्डव न्यूज ।

चीनले अनुदानमा दिएको मध्ये ९ लाख डोज खोप हिजो काठमाडौं आइपुगेको छ भने आज ९९ हजार २ सय डोज खोप काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हिजो नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप काठमाडौं ल्याएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । तिब्बतले दिने १ लाख डोज खोप पनि नेपाल आइसकेको छ । विकसित देशहरुमा कोरोना बिरुद्धको खोप प्रभाबकारी देखिएसँगै नेपालका नागरिक खोपको पखाईमा रहेका छन् ।

Batas

चीनबाट ल्याईएको खोप ५९ बर्ष देखि ६४ बर्ष उमेर समुहका नागरिकलाई दिइने भएको छ । बाँकी रहेको खण्डमा ४० वर्ष माथिका नागरिक प्राथमिकतामा रहने, स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.