www.tandavnews.com
Fact ~ In search of truth

जेठ १९ : बीस वर्षअघि आजकै रात ९ः१५ बजे भएकाे थियो दरबार हत्याकाण्ड

पोखरा
ताण्डव न्यूज ।

तत्कालीन राजा विरेन्द्र शाहको बंशनाश हुनेगरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २० वर्ष पुरा भएको छ ।

२०५८ जेठ १९ गते राती राजदरवार भित्रै तत्कालीन राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो । दरबारमा भएको पारिवारिक जमघटका अवसर पारी उक्त हत्याकाण्ड भएको थियो ।

Batas

उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तत्कालीन युवराज दिपेन्द्र शाहले हत्का गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन उल्लेख गरिएको थियो ।

तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.