www.tandavnews.com
Fact ~ In search of truth

नवलपुर : चौधरी उद्योग ग्रामको ‘बियर प्लान्ट’मा आगलागी

नवलपुर ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित तीनवटा वारुणयन्त्र (दमकल) प्रयोग गरिएको छ ।

आगलागीका कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । जिल्लाको देवचुली–२ मा रहेको चौधरी उद्योगग्रामअन्तर्गत नेपाल आइस बियर प्लान्टमा आगलागी भएको गिरीले बताउनुभयो । आगलागी नियन्त्रणका लागि चितवनको भरतपुरबाट गएको नेपाली सेना, कावासोती नगरपालिका र चितवनको खैरहनी नगरपालिकाको वारुणयन्त्रले प्रयास गरिरहेको गिरीले बताए ।

Batas

बियर प्लान्टमा अहिले पनि आगो बलिरहेको छ । आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुगेका छन् । आगलागीका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.