www.tandavnews.com
Fact ~ In search of truth

कोभिड-१९ सहयोग उपमसमिति पोखरा-२१लाई देश विदेशबाट सहयोग जुट्दै

पोखरा
ताण्डव न्यूज ।

कोभिड-१९ सहयोग उपसमिति पोखरा-२१लाई देश विदेशबाट सहयोग जुट्ने क्रम जारी छ । महामारीमा वडाबासीहरुमा आइपर्ने समस्यालाई मध्यनजर गर्दै सर्वदलिय बैठकले सहयोग उपसमिति गठन गरेको हो ।

उपसमितिलाई सहयोग गर्न अष्ट्रेलियामा रहेका खुम घले र पोखरा-२१का प्रविन लामिछानेको पहलमा सनराइज इण्डियन एण्ड नेप्लिज रेष्टुरेण्ट र थ्रि केजी इभेन्टसँगको सहकार्यमा ७५ हजार ३ सय २० रुपैयाँ संकलन गरिएको छ । सहयोग रकम संकलन गर्न फण्ड रेइजिङ डिनरको कार्यक्रम गरिएको थियो ।

Batas

पोखरा मासबार घर भई अष्ट्रेलियामै रहँदै आएकी अन्जु गिरीले पनि उपसमितिलाई १५ हजार रुपैयाँ सहयोग गरेकी छिन् । यस्तै पोखरा २१का उद्धव गिरीले ५ हजार र बिजय गिरीले ५ हजार सहयोग गरेको उपसमिति संयोजक अर्जुन गिरीले बताए ।

यसैगरी दक्षिण कोरियामा रहेका प्रदीप आले मगर, सुरेश अधिकारी, दिनेश नेपाली, अशोक थापा, कृष्ण पुरी, दिपेन लामिछाने, गम्भिर राना मगर, शिब आचार्य , कुल राना मगर, गणेश कुमार सुनार, सन्तोष अधिकारी, कपिल अधिकारी , राजेश सुवेदी , रमेश थापा , बसन्त अधिकारी, प्रदिप राज पौडेल, दीप कुवर, टिका राम सुवेदी, चन्द्र कान्त सुवेदी लगायतबाट १ लाख १७ हजार ८७ रुपैयाँ सहयोग प्राप्त भएको उपसमिति संयोजक गिरीले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.