www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका ११ वटै जिल्लामा कोभिड प्रतिकार्य टोली खटिने

जीवन सुवेदी/ताण्डव न्यूज ।

कोरोना नियन्त्रण र रोकथाम गर्न भन्दै गण्डकी प्रदेशका एघारवटै जिल्ला हेर्ने गरी आजदेखि ३ वटा समूह परिचालन गरिएको छ ।

कोभिड १९ प्रतिकार्य समूह नाम दिएर बनाईएका यस्ता समूहमा विज्ञहरु समेत सामेल छन् । खासगरी समुदाय स्तरमा कोरोना नियन्त्रण तथा रोकथाम गर्न यस्ता समहू परिचालन गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

Batas

उनका अनुसार परिचालित टोली समुदायस्तरमै पुगेर कोरोना परीक्षण तथा व्यवस्थापनमा जुट्नेछ । ‘स्वास्थ्यकर्मी तथा प्रयेगशालाकर्मी समुदायमै पुगेर सेवा दिनुहुनेछ’ डा शर्माले भने ‘गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्नका हाल तीन वटा समूह परिचालन गरिको छ ।’

समूहका सबै सदस्यहरुलाई सुरक्षित रुपमा कार्य सम्पन्न गर्न निर्देशन दिईएको बताईएको छ ।यसअघि डा शर्माले कार्यस्थलमा गर्नुपर्ने क्रियाकलाप, भूमिका तथा जिम्मेवारीको बारेमा समूहमा सहभागीलाई जानकारी गराएका थिए ।स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक रमेशप्रसाद अधिकारीको संयोजकत्वमा डा दिवाकर पराजुली, सोम शेरचन, उर्मिला बराल र नारायण त्रिपाठीको समूह पर्बत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला हेर्नेगरी खटिएका छन् ।

स्वास्थ्य निर्देशनालयका कम्युनिटी मेडिसिन डा.ज्योति रानाभाटको संयोजकत्वमा नवीन कोइराला, संजय गुरुङ र मोहदत्त ढकालको समूहले कास्की, स्याङ्जा र तनहुँ जिल्ला र जीपी कोइराला राष्ट्रिय स्वाशप्रश्वास उपचार केन्द्रका डा परिवर्तन बरालको संयोजकत्वमा रक्षीता लामिछाने, विकाश रानाभाट र नानीबाबु दानीको समूहले लमजुङ, गोरखा, मनाङ र नवलपरासी (पूर्व) हेर्ने गरी परिचालित भएको निर्देशनालयले जनाएको छ ।

३ वटै समुहले स्वास्थ्य कार्यालयका प्रमुखसंगको बैठक गर्ने, जिल्ला विपद ब्यबस्थापन समितिसंग बैठक गर्ने, जिल्ला विपद ब्यबस्थापन समितिको बैठकबाट तोकिएका समुदायमा स्वास्थ्य जाच तथा आबश्यकता अनुशार एन्टीजेन परिक्षण गर्ने, केश अनुसन्धान तथा सम्पर्क पहिचान ९ऋक्ष्ऋत्० गर्नका लागि स्थानीय निकायको परिचालन तथा सहयोग गर्ने, संक्रमित व्यक्तिहरुको विवरण क्ष्ःग् मा तत्काल अध्यावधिक गर्ने र जिल्लागत प्रतिबेदन तयार गर्ने, कार्य सम्पन्न पश्चात प्रदेश सरकार समक्ष प्रस्तुतिकरण गर्ने लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने बताईएको छ ।

जिल्लामा हुने हरेक क्रियाकलापहरुको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय, प्रदेश आपूर्ति ब्यबस्थापन केन्द्र लगायत कार्यालयका सचिब, निर्देशक, महाशाखा प्रमुखहरु र उच्च पदस्थ व्यक्तित्वहरुबाट समेत अनुगमन हुनेछ ।

उक्त कार्यका लागि गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयले डा शर्माको अध्यक्षतामा कोरोना परीक्षण तथा व्यवस्थापनका लागि टोली गठन गरेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.