www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः घट्दै मृत्युदर र संक्रमणदर, १३ संक्रमितको मृत्यु

१३७२ जना सन्चो भए, थपिए ८३८ संक्रमित

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो समय कोरोनाबाट मृत्यु हुने दर र संक्रमणदर घटेको छ ।

पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा १३ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
मृत्यु हुनेमा कास्कीका ४, स्याङ्जाका ३,तनहुँका २,लमजुङका २ र गोरखाका २ जना रहेका छन् ।

Batas

यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७०७ पुगेको छ ।यसैबीच पछिल्लो २४ घण्टामा १ हजार ३ सय ७२ जना संक्रमणमुक्त भएका छन् । केही हप्तादेखि प्रदेशसँगै देशभर कोरोनाबाट सन्चो हुनेको संख्या विस्तारै बढेको छ । आज सन्चो भएकासँगै प्रदेशमा हालसम्म ३३ हजार २५१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै आज प्रदेशभर ८३८ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । २ हजार २ सय ४६ जनामा परिक्षण गर्दा उक्त संख्या संक्रमण पुष्टि भएको हो ।

यो सँगै संक्रमितको संख्या ४३ हजार ८ सय ३५ पुगेको छ । संक्रमित हुनेमा म्याग्दीका ३६,पर्वतका ३४, गोरखाका १२७, लमजुङका ७३, तनहुँका ५५, कास्कीका १५१, बागलुङका ११२, स्याङ्जाका १३३ र नवलपरासीका ११७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हाल ९ हजार ८७५ जना सक्रिय संक्रमित छन् जसमध्ये ९ हजार ७१ जना होम आइसोलेसनमा रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.