www.tandavnews.com
Fact ~ In search of truth

लकडाउनमा लङ ड्राइभमा निस्केका टाइगर र दिशा विरुद्ध एफआइआर दर्ता

पोखरा / ताण्डव न्यूज।

बलिउड एक्सन नायक टाइगर श्राफ र नायिका दिशा पटानी विरुद्ध एपआइआर दर्ता भएको छ । लकडाउनका बेला विनाकारण घुम्न निस्किएका उनीहरु विरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको हो ।

लङ ड्राइभमा निस्केका यी दुई कलाकारलाई जुन १ तारिखमा मुम्बइमा घुमफिर गरिरहेको समयमा प्रहरीले सोधपुछ गरेको थियो ।

Batas

यी दुई कलाकार बाहिर निस्कनुको उचित कारण केही पनि नपाए पछि मुम्बई प्रहरीले एपआइआर दर्ता गरेको भारतीय मिडियालाई जानकारी दिएको छ ।

मुम्बई प्रहरीको आधिकारिक ट्विटर ह्यान्डलमा यी दुइका विरुद्ध धारा १८८ अनुसार एफआइआर दर्ता गरिएको हो । मुम्बइमा जुन १५ तारिखसम्म कफ्र्यू लगाइएको छ भने बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्र बाहिर निस्कने छुट छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.