www.tandavnews.com
Fact ~ In search of truth

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

काठमाडौं ।

नेकपा (एमाले) स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । स्थगन गरिएको बैठक कहिले बस्ने भनी तोकिएको छैन ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी दिए । उनका अनुसार बैठकबारे थप आन्तरिक गृहकार्य गर्नु परेकाले स्थगन गरिएको हो । बुधबार अपराह्न ४ः०० बजे बोलाइएको बैठक आजका लागि सारिएको थियो । रासस

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.