www.tandavnews.com
Fact ~ In search of truth

१ सांसदमा थामिएको गण्डकी सरकार : थापाको पद गुमेसँगै भविष्य अन्यौलमा

पोखरा/ताण्डव न्यूज ।

गण्डकी प्रदेश संसद् सचिवालयले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पद खारेज गरिएको पत्र दर्ता गरेको छ ।

राष्ट्रिय जनमोर्चा संसदीय दलले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदबाट हटाउन प्रदेश सभा सचिवालयलाई लेखेको पत्र सचिवालयमा दर्ता भएको हो । सो पत्र दर्ता भएसंगै थापा सांसद पदबाट मुक्त भएका छन् ।

Batas

यसअघि उक्त पार्टीका महासचिव मनोज भट्टले संसद् सचिवालयलाई सांसद थापाको पद खारेज गर्न आग्रह गर्दै पत्र पठाएका थिए । पार्टीको ह्विप नमानेको भन्दै कारवाही स्वरुप थापाको पद खारेज गर्नुपरेको पार्टीले जनाएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध परेको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न नमानेका थापालाई पार्टीले केन्द्रिय सदस्य समेत नरहने गरि यसअघिनै निष्कासन गरिसकेको थियो ।

गण्डकी प्रदेशमा उक्त पार्टीका तीनजना सांसद मध्ये खिमविक्रम शाही र पियारी थापा भने मुख्यमन्त्री गुरुङको विपक्षमा छन् । थापाको पद गुमेसंगै गण्डकी प्रदेश सरकार अब के हुन्छ भन्ने अन्यौल भएको छ । १ जना सांसदकै कारण मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद रहने वा नरहने भन्ने अवस्था थियो । तर अब थापाको पद कायम नरहेपछि विपक्षी काँग्रेस, जसपा र जनमोर्चाले चाल्ने कदममा सरकारको भविष्य निर्धारण हुनेछ ।

सो त संघीय संसद झै प्रदेश संसदपनि विघटन पो हुने हो कि भन्ने आशंका विपक्षी सांसदहरुले गरिरहेका छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत नलिई बजेट ल्याउने तयारी भैरहेको भनेर चालु अधिवेशनमा सांसदहरुले विरोध गरिरहेका छन् । संसद बैठक आज पनि जारी छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.